मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राखेप वोर्ड सदस्य कुँवरद्धारा सञ्चारकर्मीलाइ स्वास्थ्य सामग्री वितरण

राखेप वोर्ड सदस्य कुँवरद्धारा सञ्चारकर्मीलाइ स्वास्थ्य सामग्री वितरण


अछाम। जिल्लाको साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट स्थायी घर भई काठमान्डौं बस्दै आएका राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य एकेन्द्र कुँवरले अछामका सञ्चारकर्मीको लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई हस्तान्तण गरेका थिए। सेनीटाईजर, एन-नाईन्टी फाईब माक्स, सर्जिकल माक्स र गल्बस वितरण हस्तान्तरण गरेका हुन्।

फन्टलाईमा रहेका सञ्चारकर्मीलाई रिपोर्टिङ्गकोे सहजताको लागि स्वास्थ्य सामग्री वितरण गरेको राखेप वोर्ड सदस्य कुँवरले जानकारी दिए। उहाँले आगामि दिनमा पनि जिल्लाका सञ्चारकर्मीको लागि अन्य सामग्री पनि वितरण गर्ने बताए।

स्वास्थ्य सामग्री वितरण गरेकोमा महासंघका कार्वाहक अध्यक्ष खत्रीले धन्यवाद दिएका छन् भने स्वास्थ्य सामग्रीले रिपोर्टिङ्गका क्रममा आत्मसुरक्षाको लागि सहज हुने अध्यक्ष खत्रीले बताए ।

राखेप वोर्ड सदस्य कुँवरले दुई दिन अघि चौखुट्टे प्रहरी चौकीलाई ५ वटा पिपिई सेट, मार्कु स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट, वुढाकोट स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट र १ वटा थर्मागन वितरण गर्नुभएको छ ।

केही दिनमा जिल्ला अस्पताल, वयलपाटा अस्पतलाई पिपिई सेट, सेनीटाईजर, एन नाईन्टी फाईब माक्स, सर्जिकल माक्स र गल्बस, चस्मा वितरण गर्ने कुँवरले जानकारी दिए। राखेप वोर्ड सदस्य कुँवर कोरोना भाईरसको संक्रमण भएदेखि निरन्तर रुपमा राहतदेखि स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहनुभएको छ ।