मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ को परिक्षण गर्न पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि अछाममा पहल सुरु

कोभिड १९ को परिक्षण गर्न पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि अछाममा पहल सुरु


पूर्ण बहादुर खड्का, अछाम ।

जिल्लामा कारोना भाईरसको कोभिड १९ को परिक्षणका लागि पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि पहल सुरु भएको छ । जिल्ला स्थित अछाम उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्था तथा व्यक्तीहरुले मेसिन खरिदका लागि पहल सुरु गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोरोनाको लक्षण देखिएका तथा क्वारेइनटाइनमा बसेका ब्याक्तिहरुको समयमा चेकजाँच गर्ने मेसिन तथा किटको अभावले त्रास भईरहेको भन्दै यहि छिटो परिक्षण गर्ने बातावरण सृजना गर्न मेसिन खरिद गर्ने पहल थालिएको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडाएतले बताए ।

अछाम लगायत छिमेकी जिल्ला बाजुरा र डोटी जिल्लामा पर्याप्त परिक्षणको उपलब्धता नभएकाले सम्पूर्ण जनमासमा त्रासको वातावरण सृजना भएकालेले उक्त पहल थालिएको उनको भनाई छ सुदरपश्चिम प्रदेशको पहाडी क्षेत्रका जिल्लाहरु अछाम, बाजुरा, डोटी, बझाङ, बैतडी, दार्चुला र डडेलधुरामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएपनि त्यसको समयमै परिक्षणका गरी व्यावस्थापनका लागि कुनै पहल हुन सकेको छैन । यस्तो संकटको स्थितिमा पनि प्रादेशिक तथा स्थानिय तहबाट पनि तयारी तथा पहल नभएकोमा यहाँका स्थानयिहरुले दुखेसो पोखेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै यस क्षेत्रका नागरिकको समयमै पिसिआर प्रबिधिबाट चेकजांच गरी उचारमा गर्न सहयोग होस् भनेर अछाम जिल्ला उद्योग वाणिज्य संघ संगै बि.एफ.आई.क्लब, होटेल तथा पर्यटन व्यावसाय संघ, गैर सरकारी संस्था महासंघ, शिक्षक महासंघ, नागरिक समाज, महिला अधिकार मञ्च, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य संघ संस्थाहरु, बुद्धिजिवि नागरिकको संलग्नतामा पिसिआर मेसिन खरिद गर्न अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

यस कार्यका लागि सबै निकायहरुले आ आफ्नो तर्फबाट आर्थिक सहयोग, सुझाबसल्लाह दिएर सामाजिक उत्तरदायित्व वहन गरी उक्त कार्यलाई सफल बनाउन सहयोगको अपेक्षा समेत गरिएको छ ।