धनगढीः सुदूरपश्चिममा पनि कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्। सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत…