मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो प्रथामिक्तामा परेका व्यक्तीलाई दोश्रो चरणको खोप लगाईदैँ

पहिलो प्रथामिक्तामा परेका व्यक्तीलाई दोश्रो चरणको खोप लगाईदैँ


फाइल फोटो

अछाम । कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने भएको छ।

खोप अभियान अन्तर्गत आज देशैभर पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुलाई दोश्रो चरणको खोप लगाइने भएको हो।

आजदेखि अछामका १० ओटै स्थानिय तहमा कोरोना भाइरस विरुद्धको दोश्रो डोजको खाेप संचालन हुनेछ। पहिलो दिन ८ गते स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका र ९ गते जन प्रतिनिधि र कर्मचारीलाई खोप् लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

सबै स्थानिय तहमा काेभिड भ्याक्सिन पुगिसकेकाे र स्थानीय तह अन्तर्गतका स्वास्थ्य शाखाले खाेप कार्य संचालन गर्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए।

ढुंगानाका अनुसार मंगलसेन नगरपालिका र सांफेबगर नगरपालिकामा ८ देखि १० गते सम्म खाेप संचालन हुनेछ।

गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।