नेपालगन्ज - जिल्ला प्रशासन कार्यालय बाँकेले आज शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका सिल गरेको छ। समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। प्रजिअ कुरुम्वाङको अध्यक्षतामा बसेको…