मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ जना कर्मचारीमा कोरोना देखिएपछि बयालपाटा अस्पताल सिल गरियो

१९ जना कर्मचारीमा कोरोना देखिएपछि बयालपाटा अस्पताल सिल गरियो


अछाम । एकैदिन बयालपाटा अस्पतालमा १९ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल पूर्ण रुपमा सिल गरिएको छ ।

ठुलो संख्यामा कर्मचारीमा संक्रमण देखिएपछि अस्पताल सिल गरिएको स्वासथ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । उनका अनुसार अर्को थप सुचना नआउन्जेल सम्मका लागि अस्पताल पूर्ण रुपमा सिल गरिएको हो ।

यस अघि अस्पतालमा कार्यरत २ जना कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो । तर शुक्रबार एकैदिन १९ जनमा संक्रमण देखिएपछि अस्पताल पूर्ण रुपमा सिल गरिएको डाक्टर गौचनले बताए ।

स्वास्थ्यकर्मी र कर्मचारीमा नै संक्रमण देखिएपछि यसको जोखिम सुमदाय सम्म धेरै फैलिन सक्ने सम्भावना रहेको भन्दै अस्पताल सिल गरिएको हो । अस्पताल आउने सेवा ग्राहीसम्म संक्रमण नफैलियोस् भनेर अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ ।

सबैले मास्क प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न तथा साबुन पानीले धात धोएरु सुरक्षित बस्ने समेत डाक्टर गौचनले आग्रह गर्नुभएको छ ।