मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार अछामका ३७ जनाको कोरोना पुष्टी, बयालपाटा अस्पतालका मात्रै १९ जना

शुक्रबार अछामका ३७ जनाको कोरोना पुष्टी, बयालपाटा अस्पतालका मात्रै १९ जना


अछाम । अछाम जिल्ला शुक्रबार ३७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । डडेलधुरा उपक्षेत्रिय अस्पतालको प्रयोशालामा गरिएको परिक्षणका क्रममा साँफेबगर नगर पालिकाका २५ तथा पञ्चदेवल बिनायक नगरपालिकाका १० गरी ३५ जनमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

जसमा १ जना यसअघि संक्रमण देखिएको पुन परिक्षणमा पनि पोजेटिभ नै देखिएको बताईएको छ । ३५ जना मध्ये बयालपाटा अस्पतालका मात्रै १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्म तथा कर्मचारीमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको बिभिन्न बिभागका १९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

यस्तै अछामका ३७ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए । उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन् ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन्।

धनगढी वडा नम्वर ३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का तीन जनामा संक्रमण पुष्टि भएको हो। यता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।