मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप २३ जनामा कोरोना देखियो, कुल सङ्क्रमित संख्या ८०८

अछाममा थप २३ जनामा कोरोना देखियो, कुल सङ्क्रमित संख्या ८०८


अछाम । आईतबार अछाम जिल्लामा थप २३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ ।

डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताए ।

सुचना अधिकारी जोशीका अनुसार पञ्चदेवल बिनायक नगरपालिकाका ६ र मंगलसेन नगरपालिकाका १७ जना रहेका छन् । संक्रमण पुष्टी भएका मध्ये ४ जना महिला र बाँकी पुरुष रहेका छन् ।

बिनायकका वडा नं. ३ का ५ जना र वडा नं. ५ का १ गरी ६ जना तथा मंगलसेन नगरपालिकाका वडा नं. १ का १२, वडा नंं ३ र ४ का एकएक, वडा नं. १२ का २ तथा १४ का १ गरी १३ १७ जना रहेका छन् ।

अछाम जिल्लामा कोरोना संक्रमितको कुल संख्या भने ८ सय ८ जना रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।