मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाश खोलमा बेपत्ता ११ मध्ये एक जनाको शब भेटियो, १० अझै बेपत्ता

कैलाश खोलमा बेपत्ता ११ मध्ये एक जनाको शब भेटियो, १० अझै बेपत्ता


अछाम ।

बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शब फेला परेको छ । रामारोशन गाँउपालिका वडा नं. ५ र ६ जोड्ले झोलुंगे पुलमा शब भटिएको अछाम प्रहरीले जनाएको छ ।

भटिएको शब रामारोशन गाँउपालिका वडा नं. ५का नन्दु साउदका छोरा १९ बर्षिया रपेश साँउदको भएको पुष्टी भएको प्रहरीले जनाएको छ । फेला परेको शब सनाखत भई मृतकका ठुलो वुवा अम्मर साउदले शब बुझेका प्रहरीको भनाई छ ।

उक्त शबको हात, पेट र टाउकाको केही भाग स्थानियले देखेपिछ प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान पुष्टी गरिएको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले बताए ।

रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउदा १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शब यसअघि नै फेला परिसकेको थियो । आज १ जनाको शब फेला परेपनि बाँकी १० जनाको शब अझै पत्ता लाग्न सकेको छैन ।

बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घर सहित बिभिन्न धनजनको क्षति गरेको थियो ।