धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका तीन वटा पीसीआर मेसीनका सामग्री धनगढी पुगेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका मेसिनका सामग्री धनगढी आइपुगेका हुन्। चार करोड २७ लाख ९२ हजारमा देवी मेडिसिन धनगढीले प्रयोगशालाका लागि आवश्यक सामग्री आपूर्ति गरेको आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए। आपूर्तिकताले सामग्री…