मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रेस युनियन अछाम शाखा द्वारा पत्रकारलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री बितरण

नेपाल प्रेस युनियन अछाम शाखा द्वारा पत्रकारलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री बितरण


अछाम: नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले अहिलेको विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएर काम गरिरहेका संचारकर्मिहरुलाइ स्वास्थ तथा सुरक्षाका सामाग्री हरु बितरण गरेको छ ।

नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमिति मार्फत प्राप्त मास्क,सेनिटाइजर र प्रेस ज्याकेट हरु आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

नेपाल प्रेस युनियन अछाम शाखाका कार्यवाहक अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वार रहनुभएको थियो भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति पुष्प बहादुर शाह,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य राम बहादुर कुवर रहनु भएको थियोे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछाम शाखाका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना,जनकराज भण्डारी ,वर्तमान अध्यक्ष खम्म खत्री ,नेपाल फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवर लगायतको उपस्तिथि रहेकोे थियोे । उपाध्यक्ष सरिता खडकाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुशील भण्डारीले गर्नु भएको थियो ।