मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम बन्द, बिहानैदेखि आशिंक प्रभाव, तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

सुदूरपश्चिम बन्द, बिहानैदेखि आशिंक प्रभाव, तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला

सुदूर आज

धनगढी : आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम थालेको छ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम गरिरहेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए। 

विप्लव समूहले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेकोमा आज सुदूरपश्चिम बन्दको घोषणा गरिएको छ। बन्दको बिहानैदेखि प्रभाव परेको छ भने ठाउँठाउामा शंकास्पद बस्तु फेला परेका छन्।

सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा सचिवालयमा समेत शंकास्पद बस्तु फेला परेको छ। विप्लव समूहले साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने र ६ गते सेती महाकाली बन्द गर्ने कार्यक्रम घोषणा गरिएको थियो। ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने जनाईएको छ। 

बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो। – दिनेश खबर