मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डायमण्ड ब्याबसायि तथा समाजसेबि बोहराको नि’धन

डायमण्ड ब्याबसायि तथा समाजसेबि बोहराको नि’धन


कमल रावल, अछाम ।

डायमण्ड ब्याबसायि तथा समाजसेबि मिन बहादुर बोहराको निधन भएको छ । मँगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ बडकाटिया टोल घर भई भारतको महाराष्ट्र राज्य मुम्बई तथा नेपालका बिभिन्न शहरमा डायमण्ड ब्याबसाय सन्चालन गर्दै अाईरहेका बोहराको ४२ बर्षको उमेरमा गएराती निधन भएको हो ।

मुम्बई अधेरी बस्ने बोहरा ३ दिन अगाडि मात्रै कोरोना भाइरसलाई जितेर मुम्बईको नानावटी हस्पिटलबाट घरमा आउनु भएको र हिजो बिहान घरको केही तलाबाट हाम फालेर गम्भिर घाईते भएपछि नानावटी हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका अाफन्तले बताएका छन ।

प्रबासि नेपालि महासँघ भारतको केन्द्रिय उपाध्यक्ष समेत भईसकेका बोहराको भारतको मुम्बई तथा नेपालको काठमाडौं, नेपालगन्ज लगाएतका शरहमा डायमण्ड ब्याबसाय सन्चालनमा रहेको छ । जन्म थलो मलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका बोहराले बार्षिक रुपमा गरिब, असहाय, बिपन्न तथा एकल महिलालाई समेत भारतबाटै अार्थिक तथा खादान्न, लत्ताकपडा सहयोग गर्दै अाउनु भएको थियो ।

कोरोनाभाईरसको सक्रमण बिश्वभर सहित भारतमा फैलिसकेपछि लकडाउनको बेला भोकभोकै मुम्बईमा अलपत्र परेका नेपालि दाजुभाई राहत वितरण गर्नुका साथै अछामको कमलबजार र मगलसेन नगरपालिकालाई भारतबाटै स्वास्थ्य सामाग्रि पठाउनु भएको थियो । मृतक बोहराका श्रिमति एक छोरा र छोरी रहेका छन ।