मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

दार्चुलामा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

सुदूर आज

दार्चुला- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मृतक नौगाड गाउँपालिका-६, परिगाउँकी ४२ वर्षीया मानमती ठगुन्ना र मोहना ठगुन्नाकी पाँच वर्षीया छाेरी पार्वती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालाय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

पहिरोमा परेर २२ वर्षीय मोहना ठगुन्ना घाईते भएक छन् । उनलाई उपचारका लागि अस्पताल पठाईएको प्रहरी निरीक्षक जोशीले बताए ।

पहिरोले स्थानियका तीन वटा घर, विद्यालय, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट र खेतवारी समेत बगाएको प्रहरी निरीक्षक जोशीले बताए ।

अहिले पनि सो ठाउँका पाँच घर पहिरोको उच्च जोखीममा रहेको बताइएको छ । पहिरोले नौगाड गाउँपालिकाको वडा नम्बर १, २, ३ लगायतको बस्तीमा समेत क्षती पुगेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।