३ पटक सम्म आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएकी मेल्लेख गाउँपालिकाकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानालका अनुसार रिर्पाेट नेगेटिभ आएको हो ।उनलाई बयालपाटा अस्पतालको आईसोलेसनमा राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भईरहेको छ ।