मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५२

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५२

सुदूर आज

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २५२ पुगेको छ । शनिबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २१३ पुरुष र ३९ महिला छन् ।

हालसम्म कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । २६ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका ८३, कञ्चनपुरका ५४, अछामका, १५, डडेलल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।  ‘

बझाङका १४, बैतडीका ६, डोटीका ९ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै सुदूरपश्चिम प्रदेशमा ६४ जना नयाँ संक्रमित थपिएका थिए ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म ७० हजार १२३ जनाको परीक्षण गरिएको छ भने १० हजार ६७८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।  

सुदूरपश्चिम प्रदेशमा ५९ हजार ४३२ जना क्वारेनटाइनमा छन् । उनीहरू अधिकांश भारतबाट फर्किएका हुन् । – बारह्खरी