अछाम । पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले अछामका गाउँबस्ती सुनसान बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिसहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् । मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै पहल देखाएको छैन । बसाइँसराइले खास गरेर गाउँघरलाई मानवविहीन बनाउँदै…