मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

पञ्चदेवल विनायक लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 


अछाम: जिल्लाको  पञ्चदेवल विनायक  नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आइतबार नगर सभा समापन संगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हाे ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने तथा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर बुढाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे ।

https://fb.watch/lo2V4-K2f7/?mibextid=Nif5oz

उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको नगर प्रमुख चलाउनेको भनाई छ । 

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जनक बुढाले बताए ।

उनका अनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभर ०–५९ महिना उमेर समूहका २ हजार चार सय ८ जना बालबालिका रहेको मा सबै बालबालिकालाई पूर्ण खोप लगाइएको शाखा संयोजक बुढाले जानकारी दिए ।