मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद ४ को चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तुर्माखाँद ४ को चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


अछाम । तुर्माखाँद गाउँपालिका वडा नं. ४ को आयोजनामा २०७९/०८० वडा स्तरीय चौमासिक समीक्षा तथा बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वडाले एक आर्थिक बर्षमा गरेका कामको समिक्षा तथा बार्षिक सार्वजनिक सुनुवाइ गरिएको वढा न ४ का अध्यक्ष पदम बहादुर बि सीले बताए ।

जनप्रतिनिधि भईसकेपछि वडाबासी कसैलाई पनि काखा पाखा नगरेको र सबै नागरिकको पक्षमा आफु रहेको उनले बताए ।

आर्थिक बर्ष २०७९/०८० आय ब्यय वडा सचिव जनक बहादुर बुढाले ले प्रस्तुत गरेका थिए ।

वडाध्यक्ष पदम बहादुर बि सीको अध्यक्षतामा भएको कार्यक्रममा पु्र्व वडा अध्यक्ष कबिराम बयक, नेपाल काँग्रेस वडा सभापति झंकर बहादुर बुढा, नेकपा माओवादी केन्दका तुर्माखाँद गाउँ कमिटी अध्यक्ष मन बहादुर बयक, राष्ट्रिय स्वतन्त्र पाटि गाउँपालिका अध्यक्ष, आम नागरिक समाजसेवी शिक्षक लगायतको उपस्थित रहेको थियो ।

वडा सदस्य रोशना बि कको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम संचालन वडाका कार्यलय प्रशासन सहयक कृष्ण बहादुर बयकले गरेका थिए ।