मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखादँ गाउँपालिकामा अब २ वटा एम्बुलेन्स, सेवाग्राहीलाइ राहत पुग्नेमा अध्यक्ष बीसीको विश्वास

तुर्माखादँ गाउँपालिकामा अब २ वटा एम्बुलेन्स, सेवाग्राहीलाइ राहत पुग्नेमा अध्यक्ष बीसीको विश्वास


अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेको छ । भौगोलिक रुपमा जिल्लाकै विकट पालिकाको रुपमा रहेको तुर्माखाँदले पालिकाका जनतालाइ सहजता होस भनेर दुईवटा एम्बुलेन्स खरिद गरेको हो । पालिकाको ४५ लाख बजेट बाट एम्बुलेन्स खरिद गरिएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताए ।

खरिद गरिएका दुईवटा एम्बुलेन्स मध्य एउटा एम्बुलेन्स वडा न ८ मा रहेको धमाली स्वास्थ्य चौकीको मातहतमा रहने गरि वडा न ८, ७ र वडा न ६ का नागरिकहरुलाई सेवा दिने भएको छ भने अर्को एम्बुलेन्स पालिकाका अन्य वडाका नागरिकहरुको सेवाका लागि परिचालन गरिने पालिकाले जनाएको छ ।

आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्विकृत बजेट अनुसार पालिकामा दुईवट एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्सले पालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क सेवा दिने भएको छ । यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुले अहिले पनि दुख पाईरहेको भन्दै बिशेषगरि महिलाहरुलाई सहज हुने गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष बिसीले बताए । 

आफुहरुले निर्वाचनको क्रममा पनि गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पालिकामा निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने छु भनी प्रतिबद्धता जनाएको र आफ्नो घोषण पत्रमा समेत यही कुरालाई प्राथामिकता दिएको सोही प्रतिबद्धतालाई कार्यन्वयन गरेको अयक्ष बिसीको भनाई रहेको छ ।

आफुले चुनावताका बेला जनता माझ गरेका प्रतिबद्धताहरु क्रमश यसैगरि एकपछि अर्कोगरि कार्यन्वयन गर्दै जाने उनले बताए । आफुहरुले सस्तो लोकप्रियताको लागि भन्दा पनि यस क्षेत्रमा रहेका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गरिएकाले यो कार्यबाट यस क्षेत्रका महिलाहरुलाई ठुलो राहात पुग्ने विश्वाश उनले व्यक्त गरे ।

तुर्माखाद स्वास्थ्यचौकीमा दक्ष जनशक्ति सहित एक्सरे मेसिन समेत जडान गरिएको छ । यो कार्यबाट सामान्य एक्सरे गर्नका लागिपनि मंगलसेन जानुपर्ने बाध्यता हटेको छन भने नागरिकहरु आर्थिक भारबाट समेत जोगिएका छन । आफु निर्वाचित भएको एक बर्षमै अनिवार्य तथा निशुल्क शिक्षाको नारा कार्यन्वयनको चरणमा रहेको समेत अध्यक्ष बीसीको भनाइ छ ।

एम्बुलेन्सको राम्रो संग रेखदेख गरि यस क्षेत्रका नागरिकहरुको सेवाका लागि परिचालन गरिने भएकाले अब निजि गाडीमा तिर्नुपर्ने महंगो गाडीभाडा बाट यस क्षेत्रका नागरिकहरु जोगिने भएका छन । एम्बुलेन्स नहुदा निजि गाडीमा महंगो भाडा तिरिरहेका नागरिकहरुलाई अब निशुल्क रुपमा एम्बुलेन्स सेवा सुरु गरेपछि ठुलो राहात हुने भएको छ ।

तुर्माखाद गाउँपािलका उपाध्यक्ष बीमला शाहीले गाउँपालिकाको निर्णय अनुसार खरिद गरिएका एम्बुलेन्सहरुले यस क्षेत्रका महिला दिदिबहिनीहरुलाई राहात हुने भन्दै खुसी ब्यक्त गरिन् । एम्बुलेन्स सेवा नहुदा धेरै दुख पाईरहेका र भनेको समयमा गाडी नपाईने र पाईए पनि महंगो भाडा तिरेर एक एक ठाउबाट अर्को ठाउमा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

गाउँघरमा रहेका आर्थिक अवस्था कमजोर भएका दिदि बहीनीको लागि यो कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा समेत गरिएको छ । पालिकाबासीले आफुहरुका दुख र पिडा बुझेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन ।

तुर्माखाँद गाउँपालिका वडा न ३ भैरवस्थान निवासी पुना देवी बुढा पनि पालिकाले एम्बुलेन्स ल्याउन लागेको खबर पाएपछी खुसीले दंग भएकी छन् । आफुहरुको पालामा बोकेरै एक ठाउबाट अर्को ठाउमा लिनुपर्ने बाध्यता रहेको थियो अब भने पालिकाले खरिद गरेका एम्बुलेन्समा निशुल्क रुपमा सेवा पाउने भएपछी आफ्नो गाउँका दिदि बहिनीहरु निकै खुसी भएको बुढाको भनाई छ ।

एम्बुलेन्स मंगलबार नै काठमाडौँ बाट हिडि सकेका स्वास्थ संयाेजक एकेन्द बयले जानकारी  दिए । बिहीबार मात्रै पालिकाको केन्द्रमा पुग्ने भएकाले त्यस भन्दा पछाडी सम्बन्धीत वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ ।