मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री शाहीलाई सांसद खड्काको प्रश्न – बयालपाटा अस्पताललाई बजेट नछुटाउने तपाईंको नयाँ डिपार्चर भनेको धम्कनेको सुरुङ्गमार्ग हो ?

अर्थमन्त्री शाहीलाई सांसद खड्काको प्रश्न – बयालपाटा अस्पताललाई बजेट नछुटाउने तपाईंको नयाँ डिपार्चर भनेको धम्कनेको सुरुङ्गमार्ग हो ?

सुदूर आज

अछाम : अछामको राजनीतिमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री मेघराज खडकाको छवि शालीन अनि शान्त नेताको छ । पार्टीको जिल्ला सभापति भैसकेका खडका बोलि र व्यबहारमा एकरुपता भएका नेता हुन ।

संविधान सभाको निर्वाचनमा एमालेका उतिबेलाका शक्तिशाली नेता भिम रावलका प्रतिस्पर्धी रहेका खडका यतिबेला अछाम जिल्लाको १ नम्वर निर्वाचन अन्तर्गत क अर्थात १( १) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्य छन । आफ्नो काम र जिम्मेवारी प्रति लगनशील तर कम महत्वाकांक्षी नेता खडका प्राय असन्तुष्ट सुनिदैनन ।

सरकार गठन प्रक्रियामा समेत खडकाले असन्तुष्टि प्रकट गरेनन । संसदिय दलको नेताको आकाङक्षा राखेका खडकाले पछि मन्त्रीका लागि कत्ति पनि दौडधुप गरेनन । शालिन अनि शान्त खडका अन्तरमुखि पनि होइनन बहिर्मुखी पनि छैनन । जहिल्यै प्रष्ट सुनिन्छन ।

आवश्यकता पर्दा केन्द्रिय नेतृत्व संग पनि आफ्नो कुरा स्पस्ट संग राख्न पछि पर्दैनन । नेपाली कांग्रेस भित्र नेता खडका हजुर दाई हस दाई र हजुरले भने अनुसार हुन्छ दाई भन्ने नेतामा पर्दैनन । त्यसैले बिधि र प्रक्रिया बाहिर गएर कुनै काम नगर्ने उनि आम नागरिक प्रति निकै उत्तरदायी छन ।

नागरिकको सवाल आउँदा खडका जहिल्यै शालीनताको लक्ष्मण घेरामा रहेर सरोकारवाला खबरदारी गर्न पछि पर्दैनन । दोस्रो जनआन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेका अनि उहिले पनि पंचायत संग भिडेर आएका यि नेता आम जनताको हितका लागि जहिल्यै चर्को सुनिन्छन ।

सुदूरपश्चिम प्रदेशसभाको केहि समय अघिको बैठकमा निति तथा कार्यक्रम माथिको छलफलमा शान्त सुनिएका माननीय खडका बजेट छलफल बैठकमा भने आक्रामक सुनिए । प्रदेश सभामा प्रस्तुत भएको बजेट माथिको छलफलमा बिहिवारको बैठकको सुरुवातमै समय पाएका उनले तटस्थ र निष्पक्ष रुपमा बजेटका कमजोरी औल्याए ।

बजेटको साङगोपाङग अध्यन गरेर आएका उनले मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री प्रति जनजीवन संग जोडिएका गहकिला प्रश्न तेर्साए । बिहीबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खड्काले प्रश्न गरे ” आर्थिक मामिला मन्त्री ज्यु बजेटमा नयाँ डिपार्चर भन्नुहुन्थ्यो तपाईंको नयाँ डिपार्चर भनेको जनतलाई स्वास्थ्य सेवा बाट बन्चित गराउनु रहेछ ।

तपाईंको जिल्लाका बासिन्दाले समेत सेवा लिने बयलपाटा अस्पतालको बजेट कटौती गर्नु के यहि हो नयाँ डिपार्चर ? उनले रोस्ट्रम बाट थप प्रश्न गरे । बजेट माथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका अनुभवी नेता सांसद खडकाले भने नयाँ डिपार्चर भनेर हुँदैन प्रभाव छोडने बजेट हुनुपर्छ ।

तपाईंको नयाँ डिपार्चर भनेको धम्कनेको सुरुङ्गमार्ग हो ? आर्थिक मामिला मन्त्री लाई रोस्ट्रम बाट प्रश्न गर्दै सोधे संघिय सरकारले बनाउन नसकेको योजना प्रदेश बाट सम्भव छ ? मोनोरेलको सम्भाब्यता अध्यन र निर्माणमा बजेट छ । छ लेनको सडक पुरा भएको छैन हाम्रो आवस्यकता होकि होइन नबुझी बजेट छुट्याउनु भयो ।

उदारीकरणको सुरुवात गर्ने महेश आचार्य, ग्रामीण विकासको सुरुवात गर्ने भरतमोहन अधिकारी र राजस्व अनि कर असुलीको दायरा फराकिलो बनाउने रामशरण महतले ल्याएको बजेटलाई भनिन्छ नयाँ डिपार्चर खडकाले आफ्नो मन्तव्यका क्रममा आर्थिक मामिला मन्त्रीले बुझ्ने गरि भने ।

आफ्नो पहिचान अनुसार सभ्य रुपमा रोस्ट्रममा उभिएर बोलेका खडकाले आफ्नो पुरै समय बजेटको आलोचनामा खर्च गरे । बजेट माथिको छलफलमा बोल्दै सांसद खडकाले बजेटमा भएका गम्भीर कमजोरी पनि उदाङ्गो पार्दै भने गत आवमा सम्पन्न भएर हस्तान्तरण भएका योजना पनि क्रमागत छन । कुन कुन योजना क्रमागत हुन त्यसको आवश्यकता हो कि होइन भन्ने नबुझेर बजेट विनियोजन गरिएकोमा आपत्ति समेत जनाए ।

सत्ता पक्षका सांसद खडकाले भने मेरो पार्टीले ह्विप लगाउला तर मैले बोल्नै पर्ने हुन्छ । लक्ष्य एकातिर लियौ, गन्तब्य अर्कै लियौ अनि कार्यक्रम अर्कै ल्यायौ त्यसैले यस्तो तरिकाले प्रदेश समृद्ध हुदैन । छलफलका क्रममा खुलेर बोलेका सांसद खडकाले सरकार र आर्थिक मामिला मन्त्री लाई प्रश्नको बर्षा गरे ।

हामी संसदिय प्रणाली मान्छौ तपाईंले ल्याएको बजेट संसदले पास गर्नुपर्छ त्यसैले प्रदेश सभा सदस्य केहि होइनन भन्ने मान्यता गलत हो “तर्क र तथ्यमा आधारित यथार्थपरक धारणा राखेका खडकाले चेतावनी युक्त शब्दमा भने अफ्नो हात जगन्नाथ भन्ने कुराले समतामूलक समाज बन्दैन।”