मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईयो

कमलबजारमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईयो


अछाम । जिल्लाको कमलबजार नगरपालिकाले २० औं राष्ट्रिय धान दिवस २०८० तथा रोपाइँ महोत्सव मनाएको छ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँएको छ ।

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिन्छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ ।

धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । यसै अबसरमा अछामको कमलबजार नगरपालिकाको मुलिमा विशेष महोत्वसका रूपमा यो दिवसलाई मनाएको छ।। अछामको कमलबजार नगरपालिकामा २० औं राष्ट्रिय धान दिवस २०८० तथा रोपाइँ महोत्सवाम मनाईएको छ ।

असार २१५ मा देशभर राष्ट्रिय धान दिवस कार्यक्रम अनुसार कमलबजार नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिका वडा नं नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा, वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा, वडा नं ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाई, पालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट, कृषि विकास शाखा प्रमुख शुनिल कुँवर लगायतको उपस्थिति रहेको थियो ।

कमलबजार नगरपालिका वडा नं १ मुली स्थित टाँगावाडा टोलमा अवस्थित कृषक राम बहादुर बिष्टको खेतमा पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको विशेष उपस्थितिमा धान दिवसको अवसरमा रोपाइँ गर्दै दही चिउरा खादै असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाईएको कमलबजार नगरपालिका कृषि विकास शाखा प्रमुख सुनिल कुँवरले जानकारी दिए ।