अछाम- विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकाले यस गाईलाई स्थानीयबासीले नौ मुठे…