दैलेख : दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्। भैरवी गाउँपालिका-५ गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीले श्रीमति हस्तनामाथि तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका हुन्। तातोपानी र अगुल्टोले हस्तनाको १३ प्रतिशत शरीर जलेको छ। ढाडको दाहिने भाग र अनुहारको देब्रे भाग जलेको अवस्थामा हस्तनाको दैलेख अस्पतालमा उपचार भइरहेको…