काठमाडौं– सिन्धुुपाल्चोकको मेलम्ची खोलामा गएको मंगलबार राति अचानक आएको बाढीको कारण खुल्न नसकिरहेका बेला हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोला थुनिएका कारण बाढी आएको बताएको छ। बाढीको पाँचौं दिन आज शनिबार सूचना निकाल्दै गाउँपालिकाले हेलम्बु–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको चौरको २५ प्रतिशत भाग खोलामा खसेको जानकारी प्राप्त भएको बताएको छ। डा. रविनराज…