मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण आएको रहेछ मेलम्चीमा अचानक बाढी

यसकारण आएको रहेछ मेलम्चीमा अचानक बाढी


काठमाडौं– सिन्धुुपाल्चोकको मेलम्ची खोलामा गएको मंगलबार राति अचानक आएको बाढीको कारण खुल्न नसकिरहेका बेला हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोला थुनिएका कारण बाढी आएको बताएको छ।

बाढीको पाँचौं दिन आज शनिबार सूचना निकाल्दै गाउँपालिकाले हेलम्बु–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको चौरको २५ प्रतिशत भाग खोलामा खसेको जानकारी प्राप्त भएको बताएको छ। 

डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त चौरको बाँकी ७५ प्रतिशतमध्ये केकति पहिरो जान सक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी आउन सक्ने हुँदा सतर्कता अपनाइराख्न गाउँपालिकाले आग्रह गरेको छ।

मेलम्चीकाे बाढीका सम्बन्धमा डा. रविनराज निरौलाले तयार पारेकाे गुगल इमेज
हेलम्बु गाउँपालिकाकाे सूचन