काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ। कोरोना भाइरस संक्रमण बढिरहेकाले सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ। यसअघि महामारीबीच पनि विभागले लाइसेन्सको परीक्षाका लागि अनलाइन आवेदन गर्ने व्यवस्था मिलाएको थियो। अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ।