मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ

नेपालमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिडको नयाँ भेरियन्ट उत्पत्ति नभएको पुष्टि गरेको छ । 

संगठनको नेपालस्थित कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक कोभिडको भाइरसको नयाँ प्रजाति नभेटिएको जनाएको हो ।

बेलायतको डेली मेल पत्रिकाको बिहीबारको संस्करणमा नेपालमा कोरोना भाइरसको नयाँ नेपाल भेरियन्ट देखिएको र त्यो युरोपमा फैलने जोखिम रहेको खबर प्रकाशन भएपछि संगठनले त्यसको खण्डन गरेको हो ।

यसअघि पनि कहिलेकाँही आउने गरेको नेपाल भेरियन्ट भेटिएको खबर सत्य नभएको स्वास्थ्य था जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल आएर म्युटेसन भई नयाँ भाइरस अहिलेसम्म नभेटिएको तर कोभिड संक्रमितहरूमध्ये डेल्टा भाइरस सबैभन्दा धेरै व्यक्तिमा फैलिएको मन्त्रालयको जनाएको छ ।