मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा


काठमाडाैं- नेपालसहित १६ एसियाली मुलुकलाई काेराेनाविरुद्धकाे खोप उपलब्ध गराउने अमेरिकाले घोषणा गरेको छ।

ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै काेभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन खाेप उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे। 

ह्वाइट हाउसका अनुसार भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पापुआ न्यू गिनी र ताइवानलाई खाेप उपलब्ध गराइने छ। 

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन्। यद्यपि, नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ।

यता, नेपाललाई खाेप दिने घाेषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकालाई धन्यवादसमेत दिएका छन्।