काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गरेका छन् । उनले अदालतको अवहेलना गर्ने कुरा आफूले कल्पनासमेत गर्न नसक्ने उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले अदालतबाट हुने न्याय सम्पादनका कार्यलाई असर गर्ने गरी कुनै कार्य नगरेको दाबी गरे । रिट निवेदकले हुँदै नभएको विषय र अप्रासङ्गिक कानुनी व्यवस्था उल्लेख…