काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या…