मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं जानेलाई होम क्वारेन्टिन अनिवार्य

काठमाडौं जानेलाई होम क्वारेन्टिन अनिवार्य


काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन ‘होम क्वारेन्टिन’ मा राख्न निर्देशन दिएको छ।

दैनिक एक हजारको हाराहारीमा काठमाडौं बाहिरबाट मानिसहरु आइरहेको र उनीहरु काठमाडौं आएपछि घरबेटीले कोरोना परीक्षणका लागि दबाब दिने गरेको भन्दै गृहमन्त्रालयले क्वारेन्टिनमा बसेर लक्षणको आधारमा मात्र परीक्षण गर्न निर्देशन दिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै मन्त्रालयले घरबेटीले कोरोना परीक्षणको दबाब दिएपछि शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भिड बढेको भन्दै यस्तो निर्देशन दिएको हो।

साथै मन्त्रालयले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बमोजिम कारवाही गर्न निर्देशन दिएको छ।