मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६२९ जना थपिए संगै कोरोना संक्रमितको संख्या १०,७२८

६२९ जना थपिए संगै कोरोना संक्रमितको संख्या १०,७२८


काठमाडौं । नोभेल कोरोना भाइरसका  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१, सोमबार ५३५ र मंगलबार कोरोना संक्रमित थपिएका थिए ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ११४  डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७८ हजार ६३९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ३६६ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।