काठमाडौं- नेपालमा रसुवा बाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ५३५ जना संक्रमितहरु थपिएका छन्। आज संक्रमण देखिएकामध्ये सबैभन्दा धेरै पाल्पामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कैलालीका ५८ जना, गुल्मीका ५६ जना तथा सर्लाहीका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…