काठमाडौँ - शनिबार युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका हुन्। शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शन गरेका थिए। सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई बेवास्ता गरेको भन्दै पछिल्लो…