काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गर्नुभएको हो। बैठकमा विनियोजन विधेयक,…