मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशमा आगामी आबलाई स्वास्थ्य क्षेत्र सुधार बर्षका रुपमा मनाउन ३ अर्ब २६ करोड ६६ लाख रकम बिनियोजित

सुदूरपश्चिम प्रदेशमा आगामी आबलाई स्वास्थ्य क्षेत्र सुधार बर्षका रुपमा मनाउन ३ अर्ब २६ करोड ६६ लाख रकम बिनियोजित


‘प्रदेश सरकारबाट बयालपाटा अस्पताललाई ७ करोड रकम बिनियोजित’

पवित्रा खड्का, अछाम ।

सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पतालका लागि ७ करोड रकम बिनियोजित गरेको छ । सोमबार प्रस्तुत गरिएको बजेट व्यक्तव्यमा अस्पतालका लागि ७ करोड रकम छुट्याईएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अछाम जिल्लामा निशुल्क रुपमा सेवा गर्दै आईरहेको बयालपाटा अस्पताललाई ७ करोड रकम बिनियोजित गरेको जानकारी गराएका थिए ।

न्याय हेल्थ नेपालद्धारा संचालित बालपाटा अस्पतालले आगामी आर्थिक बर्षका लागि निर्सत १२ करोड रकम स्थानिय, प्रदेश र केन्द्र सरकारसंग माग गरेको थियो ।

यस्तै जिल्लाबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरुले प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई बिदेशी निकायले प्रदान गर्दै आएको रकम कम हुदैँ गएपछि अस्पताल सञ्चालनमा समस्या भएको भन्दै १२ बयालपाटा अस्पतालमा देखिएको आर्थिक संकटको समाधानको लागि यसअघि प्रदेश सरकारसँग १२ करोड बजेटको व्यवस्थापन गर्न माग गरेका थिए ।

सुदूरका पहाडी र कर्णाली प्रदेशका जनतालाई निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको अस्पतालमा यस अवधिमा करिब ९ लाख भन्दा बढी जनतालाई सेवा प्रदान गरिसकेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षमा स्वास्थ्य क्षेत्र सुधारको बर्षका रुपमा अघि लैजान स्वास्थ्यका लागि ३ अर्ब २६ करोड ६६ लाख रकम बिनियोजित गरेको हो । स्वास्थ्य संस्थाको पूर्वाधार एवं सेवाको पहुँच बृद्धि गर्न १९ करोड ९५ लाख रकम बिनियोजित गरिएको छ ।

कोभिड १९ को उपचारका लागि टिकापुर सहित अछाम, बाजुरा, बझांग, डोटी, बैतडी र दार्चुलामा १० शैयाको भवन निर्माण, उपकरण र संचालनका लागि ५ करोड १५ लाख तथा सेती प्रादेशिक अस्पतालमा टर्मा सेन्टर स्थापना र टिकापुर अस्पतालमा सरुवा रोग केन्द्र स्थापनाका लागि ३ करोड छु्टाईएको छ । यस्तै सामुदायिक अस्पताल लम्की चुहालाई एक करोड रकम बिनियोजित गरिएको छ ।

थप विवरण सहित