काठमाडौं- राष्ट्रपतिबाट जारी भई खारेज भएका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि संसदमा पेस भएको छ। प्रतिनिधिसभाको शुक्रबार सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले खारेजीका लागि पेस गरेका हुन्।संविधानअनुसार ती अध्यादेश खारेजीका लागि संसदमा पेस हुनुपर्छ। दुवै अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएका कारण सरकारले खारेज…