मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कहाँबाट आएका थिए सुदूरपश्‍चिममा भेटिएका नयाँ संक्रमित ?

कहाँबाट आएका थिए सुदूरपश्‍चिममा भेटिएका नयाँ संक्रमित ?


काठमाडौं – सुदूरपश्चिमा शुक्रबार एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि संक्रमण पुष्टि भएका ५ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

यसअघि संक्रमित भेटिने सबै तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरबासी रहेकामा पछिल्लो पटक पहाडी जिल्लाबासी पनि संक्रमित भेटिएका छन्। नयाँ भेटिएका संक्रमितहरुमा ३ जना कैलालीको छन् भने एक जना डडेलधुरा र एक जना बैतडीका छन्।

कैलालीमा भेटिएका संक्रमित सबै जानकी गाउँपालिकाको रहेका छन्। सरस्वती माविको क्वारेन्टिनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरो संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक युवक भारतको महाराष्टबाट जेठ १ गाउँ पुगेका थिए। त्यस्तै अर्का संक्रमित इटहरीबाट बैशाख ३० गते र अर्का बाँकेबाट गाउँ आएको प्रहरीले जनाएको छ।

भारतबाट आएका युवकलाई सिधै क्वारेन्टिनमा राखिएको र अन्य दुई जनालाई भने घरबाट लगेर अर्को दिनमात्र क्वारेन्टिनमा राखिएको बुझिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक मनोहर भट्टले संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी भैरहेको जानकारी दिए।

बैतडीमा भेटिएका संक्रमित भने प्रहरी थुनामा रहेका युवक हुन्। चैत्र ६ गते भारतबाट आएका उनलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेको थियो। यस्तै डडेलधुरामा संक्रमण भेटिएका पुरुष भने सदरमुकामस्थित एक सरकारी कार्यालयमा कार्यरत छन्। हाल उनी सदरमुकाममै रहेको र थप बुझ्ने काम भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपीले जानकारी दिए।

कोरोना संक्रमित भएका सबै ५ जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिदै छ। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ। धनगढीमागत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी–५ कै ३४ वर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। पुराना संक्रमितहरु सबै उपचार पछि घर फर्किसकेका छन्। – nepalsamya