काठमाडौं । नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका १, नाग्मका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरेर नाग्माका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । कांग्रेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको संवेदनशीलताप्रति…