मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पिडितका लागि समाजसेवी कुवँरको ५१ तथा शर्माको ५० हजार सहयोग

बाढी पिडितका लागि समाजसेवी कुवँरको ५१ तथा शर्माको ५० हजार सहयोग


अछाम । नेपाली कांग्रेस अछाम यतिबेला बाढी पिडितका घाउमा मलहम लगाउने अभियानमा सक्रिय बनेको छ । स्थानिय तह देखि केन्द्रिय स्तर सम्मका नेता कार्यकर्ता बाढी पिडितको सहयोगका लागि जुटिरहेका छन् ।

उनिहरुले आर्थिक देखि जिन्सी तथा अन्य सहयोग समेत गर्दै आईरहेका छन् । काठमाण्डौँ देखि जिल्लासम्मका नेता कार्यकर्ताले कांग्रेस रामारोशनले सुरुवात गरेको अभियानमा सहयोग मिलिरहेको राहत संकलन तथा उद्धार समितिका संयोजक यूवा नेता पुष्प बिष्टले बताए ।

यसैबिच सहयोग अभियानका क्रममा साँफेबगर नगरपालिका वडा नं. ३ निवासी समाजसेवी तथा कांग्रेसका युवा नेता कृष्ण कुवँरले ५१ हजार आर्थिक सहयोग गरेका छन् । कांग्रेस साँफेबर नगरका सचिव रहेका कुवँरले बाढी पिडितका लागि राहत मिलोस् भन्दै अािर्थक सहयोग गरेका हुन् ।

रेडियो साँफेबगरका निर्देशक समेत रहेका समाजसेवी कुवँरले यस अघि पनि बिभिन्न समयमा आर्थिक तथा जिन्सी सामाग्री सहयोग देखि सामाजिक तथा परोपकारी काम गर्दै आईरहनु भएको छ ।

यस्तै साँफेबगर ६ निवासी समाजसेवी शिक्षक संघका नेता तथा शिक्षक युनियनका पुर्व केन्द्रिय सदस्य भुवनेश्वरी शर्माले पनि रामारोशन क्षेत्रका बाढी पिडितको लागि आर्थिक सहयोग गरेकी छन् । उनले ५० हजार नगद आर्थिक सहयोग गरेका संकलन तथा उद्धार समितीका संयोजक पुष्प बिष्टले बताए ।

यस्तै लोकेन्द्र मोहन शाह प्रतिष्ठान कैलालीका अध्यक्ष एवं नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले पनि २५ हजार आर्थिक सहयोग गर्नुभएको छ । रामारोशनका बाढी पिडितका लागि राहत मिलोस भनेर उनले सहयोग गरेका हुन् ।

यसअघि नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँरले पनि आईतबार नै ११ हजार एकसय ११ रुपयाँ सहयोग गरेका थिए ।