मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ घर परिवार नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश

१६ घर परिवार नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश


बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका  वडा नं ४ सिम कुरुका १६ घर परिवार नेकपा परित्याग गरि काँग्रेसमा प्रबेश भएको लाल बहादुर रोकायाले बताएका छन् । बुढिनन्दा नगरपालिका वडा नं. ४ मा गरेको नेपाली काँग्रेसले कार्यकर्ता भेटघाट कार्यक्रमा बुढिनन्दा नगरपालिका वडा न ४ का समाज सेवी जैधन रोकाया सहित १६ घर परिवार नेकपाको ज्याजतिले गर्दा नेपाल कम्नीयुस्ट पार्टि परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीमा भित्र बढदै गएको वैचारी बिचलन भ्रस्टचार जस्ता प्रवृत्ती मन नपराई र अर्को तिर नेकपा पार्टीमा बस्दा नेकपाले आफुलाई केहि सहयोग नगरेको कारणले नेकपा पार्टी परीत्याग गरी काँग्रेमा प्रवेश गरेको र आगामी दिनहरुमा पनि कांग्रेसा सक्रियताका साथ अगाडी बढने नव प्रवेशीहरुले भन्ने गरेका छन् ।

नेकपा बाट काँग्रेसमा प्रवेश नेकपा  १६ घर परिवारका युवाहरु काँग्रेसमा प्रवेस गरेका हुन । उक्त नव प्रवेशीहरुलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्यायले नव प्रवेशीहरुलाई टीका लगाएर स्वागत गरेका छन् ।

उक्त कार्यकता भेला तथा समिक्षा कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस वडा समितिका सभापति लाल बोगटी रहनु भएको थियो भने प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय रहनु भएका थिए।

विशीस्ट अतिथी नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य रिता सिहं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम कुमारी गिरी महाधिवेशन प्रतिनिधि बुढिनन्दा नगरपालिका वडा न ३ का वडाध्यक्ष राम बहादुर बोहरा बुढिनन्दा नगरपालिका वडा न ७ का वडाध्यक्ष अशोक दानी पुर्व नेपाल विद्यार्थी संघका सदस्य नेपाली काँग्रेस युवा नेता शिव बोहरा लगाए ,विशिस्ट अतिथी रहनु भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको लाल बहादुर रोकायाले बताएका छन् ।

उक्त कार्यक्रमको स‌ञ्चालन नेपाल विद्यार्थी युवा नेता रबिन्द्र रोकायाले गरेका थिए  भने स्वागत मन्तवय नेपाली काँग्रेस समिति सदस्य महिला नेत्री रिता देवी सिहंले गर्नुभएको छ ।