मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडितको घाउमा मलहम लगाउने अभियानमा कांग्रेस सक्रिय

रामारोशनका बाढी पिडितको घाउमा मलहम लगाउने अभियानमा कांग्रेस सक्रिय


कांग्रेस नेता स्वाँर आफै जुटे निशुल्क सडक मर्मत कार्यमा

अछाम । नेपाली कांग्रेस अछाम यतिबेला बाढी पिडितका घाउमा मलहम लगाउने अभियानमा सक्रिय बनेको छ । स्थानिय तह देखि केन्द्रिय स्तर सम्मका नेता कार्यकर्ता बाढी पिडितको सहयोगका लागि जुटिरहेका छन् ।

उनिहरुले आर्थिक देखि जिन्सी तथा अन्य सहयोग समेत गर्दै आईरहेका छन् । काठमाण्डौँ देखि जिल्लासम्मका नेता कार्यकर्ताले कांग्रेस रामारोशनले सुरुवात गरेको अभियानमा सहयोग मिलिरहेको राहत संकलन तथा उद्धार समितिका संयोजक यूवा नेता पुष्प बिष्टले बताए ।

यसैबिच सहयोग अभियानका क्रममा नेपाली कांग्रेस अछाम क्षेत्र न.१ प्रदेश सभा (ख) का सभापति डम्बर स्वारले फरक किसिमको सहयोगको सुरुवात गरेका छन् । उनले रामारोशन जाने बाटो नभएका बेला आफ्नै पहलमा रामारोशन गाउँपालिका १ को तालि देखि मुजाबगर बजारसम्मको अवरुद्ध सडक निर्माणमा जुटिरहेका छन् ।

स्थानीय जनतालाई आवतजावतमा समस्या भएपछि आफैंले जेसिबी मेसिन लगाएर बाटो मर्मत गरिरहेका हुन् । भदौ २ गते राती रामारोशन क्षेत्रमा भिषण पानीसँगै आएको बाढीपहिरोले तिमिल्सेनरामारोशन सडक र मंगलसेन रामारोशन सडक खण्ड सेरी पुल भन्दा माथि पुर्ण रुपले अवरुद्ध भएको छ ।

रामारोशन गाउँपालिकाले तत्कालका लागि ठाँटीखाँद तालि हुँदै मुजाबगरसम्मको सडक मात्र संचालन गर्न सक्ने जनाएको बेला कांग्रेस नेता स्वाँरले सडकलाई सुचारु गर्नका लागि सडक निर्माण अवधिभर डोजर निशुल्क निर्माण कार्यमा लगाएका हुन् । रामारोशन क्षेत्रमा विनाशकारी बाढीले पुरै सडक अवरुद्ध बनाएपछि त्यस क्षेतका जनता लाई सहज होस भनेर सडक निर्माण कार्यमा डोजरको सहयोग गरेको सभापति स्वारले बताए । उनका अनुसार स्थानिय देखि संघ सम्मका सरकाले खास्सै पहल कदमी नलिएका कारण आफ्नै सहयोगमा डोजरले शनिबारबाट सडक बनाउन सुरु गरिसकेको र मुजाबगरसम्म सडक निर्माण कार्यमा सहयोग गर्ने जानकारी दिए ।

अबरुद्ध सडक सुचारूका लागि कांग्रेस रामारोशनले यसअघि समेत सम्बन्धीत सबैलाई आग्रह गरेको थियो । यस्तै अन्य अत्यावश्यक भौतिक संरचना पुनः निर्माणका लागि पार्टी तथा अन्य निजिक्षेत्र लाई पनि अनुरोध गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पूर्ण विकले बताए । अवरुद्ध सडक खण्ड संचालनका लागि सभापति स्वारले गरेको सहयोग अतुलनीय भएको भन्दै कांग्रेस राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले धन्यवाद दिएका छन् ।