काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । कांग्रेसको तरुण विभागले आज यहाँ आयोजना गरेको ‘नवनियुक्त विभागका सदस्यको शपथग्रहण’ कार्यक्रममा उनले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले भने, “सरकार कोरोना नियन्त्रणभन्दा पार्टीभित्रको आपसी झगडामा रुमल्लिएको छ ।”…