मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका नेता डा. रावलद्धारा सुदूरपश्चिममा बाढी पहिरोले पुर्याएको क्षति प्रति दुख व्यक्त

नेकपाका नेता डा. रावलद्धारा सुदूरपश्चिममा बाढी पहिरोले पुर्याएको क्षति प्रति दुख व्यक्त


अछाम ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता स्थायी कमिटी सदस्य डा. भिम रावलले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले पुर्याएको क्षति प्रति दुख व्यक्त गरेका छन् ।

बिहिबार एक प्रेस व्यक्तव्य जारी गर्दै नेकपाका प्रभावशाली नेता डा. रावलले प्राकृतिक बिपद्मा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली सहित शोकसन्तप्त पविारमा समबेदना प्रकट गरेका हुन् ।

पूर्व उपप्रधान एवं गृह मन्त्री समेत रहेका नेता डा. रावलले विज्ञप्ती मार्फत बिपद्मा परेकालाई उद्धार गर्न र राहत पुर्याउन सक्रिय पार्टी, स्थानिय प्रशासन, र सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेता रावलले पिडितलाई राहत, बिस्तापतिलाई बासको व्यावस्था र क्षतिग्रस्त पुल, बिद्युत लगायतका भौतिक आयोजनाको पुनःनिर्माणका लागि सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

यस्तै कठिनको परिस्थितीमा जनतालाई कोरोनाको संक्रमणबाट जोगाउन तथा संक्रमितको उपचारमा बिशेष ध्यान दिन पनि नेता रावलको आग्रह छ ।