नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आफ्नो पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भागेको आरोप लगाएका छन् । रोग र भोगको कहरले पिरोलिएका जनताका आवाज बुलन्द गर्ने संसदको वजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई नेकपाको एउटा विभागको जस्तो ब्यबहार गरिनु गैह्रजिम्मेबारीको परकाष्टा भएको नेता महरले बताएका हुन् ।…