मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“सोसल डिस्टेन्सिङ भनेको छ तर टाँसिएर बसेको छन, लाज पनि छैन : देउबा

“सोसल डिस्टेन्सिङ भनेको छ तर टाँसिएर बसेको छन, लाज पनि छैन : देउबा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गम्भीर खालको रोेग फैलिएको बेला पनि कार्यक्रम गरेको भन्दै नेविसंघका नेता कार्यकर्तालाई यस्तो नगर्न चेतावनी दिएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा नेविसंघले राखेको रक्तदान कार्यक्रममा आक्रोशित हुँदै देउवाले भने, “सोसल डिस्टेन्सिङ भनेको छ तर टाँसिएर बसेको छ । लाज पनि छैन । कहाँ छ डिस्ट्यान्सिङ ? कार्यक्रम सानो गरे हुन्छ । सबैले कार्यक्रम गर्न छाडेका छन्, नेविसंघले गर्नुपर्ने, बढ्ता जान्ने भइहाल्नुपर्ने ?”

उनले अहिले कहिँ पनि नेविसंघले चुनाव जित्ने अवस्था नरहेको भन्दै “विद्यार्थीहरु मिले समस्याको समाधान हुँदैन । आफूआफूबीच झगडा गरेको गर्यै छ । म चारपल्ट प्रधानमन्त्री भइसकेँ, यस्तै हिसाबले तपाइँहरु प्रधानमन्त्री बन्न सक्नुहुन्छ ? क्याम्पसमा हामीले जहाँ पनि जितेका थियौं । अहिले हारेको हार्यै छ लाज पनि छैन ।” उनले अहिले नेविसंघ कहाँ छ भन्ने प्रश्नसमेत गरेका थिए । 

“कहाँ छ नेविसंघ ? नेविसंघ कहीँ छैन । स्कुलमा नेविसंघ नहुँदासम्म पार्टी बलियो हुँदैन । स्कुलमा नेविसंघ बनाऔं, गाउँमा बनाऊँ, कहाँबाट जित्ने ? गाउँमा जाउँ जाउँ,” उनले भने । – बाह्रखरी