मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाले आन्तरिक कलह र दम्भले संसद अधिवेशन अन्त्य गर्यो : नेता महर

नेकपाले आन्तरिक कलह र दम्भले संसद अधिवेशन अन्त्य गर्यो : नेता महर


नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आफ्नो पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भागेको आरोप लगाएका छन् ।

रोग र भोगको कहरले पिरोलिएका जनताका आवाज बुलन्द गर्ने संसदको वजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई नेकपाको एउटा विभागको जस्तो ब्यबहार गरिनु गैह्रजिम्मेबारीको परकाष्टा भएको नेता महरले बताएका हुन् ।

नेकपाको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भागेको छ ।, नेता महरले भने, रोग र भोगको कहरले पिरोलिएका जनताका आवाज बुलन्द गर्ने संसदको वजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई नेकपाको एउटा विभागको जस्तो ब्यबहार गरिनु गैह्रजिम्मेबारीको परकाष्टा हो ।

सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेको छ । सरकारको यो कदमप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।