भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्। उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए। प्रधानमन्त्री मोदीको एक बाहिरिएको अडियो अनुसार उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीले तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका छन्।…