धनगढी: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा खाने, बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर हिँडेर जाने मजदुरलाई गासवासको प्रवन्धगरीे सुरक्षित गाउँ पुर्याउन सरकारसँग आग्रह गरेका छन्। उनले सरकारमा बसेकाहरुले ती निमुखाहरुको यात्रालाई दर्शक बनेर हेरेको आरोप समेत लगाएका छन्। शुक्रबार देउवाले आफ्नो आधिकारिक टुइटर ह्यान्डलमा लेख्दै भनेका छन, ‘काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने…